बर्दिबास– महोत्तरीको सितापुर ४ रामनगरका १८ बर्षीय सुकदेव सदा मुसहरलाई डाक्टरले ‘अब बाँच्दैनन्’ भनेर दुई बर्ष अघि घोषणा गरेका थिए । तर, सुकदेवले अहिले पुर्नजीवन पाएका छन् ।
गरिब तथा विपन्न परिवारमा हुर्केका सुकदेव ४ बर्ष अघि विरामी भएका थिए । गाउँदेखि शहर बजारका धेरै स्वास्थ चौकी र अस्पतालमा हस्पिटलमा उपचार गराए । धेरै अस्पतालमा धाएपनि उनलाई निको भएको थिएन ।
१४ बर्षको उमेरमा विरामी परेपछि उनको परिवारमा चिन्ता बढ्यो । उनलाई ‘ब्लड क्यान्सर’ भएको चिकित्सकले सुनाएपछि घरपरिवारका झन् चिन्ता बढ्यो ।
सुकदेवको उपचारार्थ उनको वुवा जुगलले आफुसंग भएभरको सबै रुपैंया खर्चे । अन्तमा छोरो बचाउन भएको घडेरी साँहुलाई बन्दकी राखे । बन्दकीको राखेर आएको १० हजार रकम खर्चे पनि सुकदेव निको भएन । डाक्टरले ‘सुकदेव बाँच्दैनन्’ भनेर घोषणा गरेपछि परिवारमा चिन्ता बढ्यो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...