-->
लमजुङमा दुर्लभ पक्षी हुँचिल सहित ७ जना पक्राऊ, संरक्षण ऐन अनुसार कारबाही चलाईने

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने खुदी गाउँ विकास समितिबाट आइतबार राती हुँचिलसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको सूचनाको आधारमा बेसीशहरबाट थप तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पक्राउ पर्नेमा बेसीशहर नगरपालिका–४ की गीता परियार, वडा नं. ७ की शान्ता परियार, सिम्पानी गाविस वडा नं. ५ का रणबहादुर भण्डारी, सोही ठाउँका शंसेर परियार, स्याङ्जा वालिङ नपा–५ का मोहन प्रकाश अर्याल, स्याङ्जा सोरेक–६ का लक्ष्मण रेग्मी र गोरखा ताङ्लिङचोकका दिनेश पन्त रहेका छन् ।
गोप्य सूचनाको आधारमा खुदी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले छहरेखोला स्थित मंगली तामाङको घरमा लुकाई राखेको हुँचिल सहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले हुचिल खरिद गर्न आएको टोलीबारे जानकारी दिएपछि प्रहरीले बेसीशहरको तुलसी होम होटलबाट थप तीन जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले हुचिल तस्कारका लागि प्रयोग गर्न ल्याइएको बा १२ च ९२३२ नम्बरको स्कारपियो जीप पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ बमोजिम कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय भुजुङलाई जिम्मा लागाइएको प्रहरी निरिक्षक नरेश कुमार सिंहले जानकारी दिनउभुाये ।
पक्राउ परेकाहरुलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) पोखरामा लैजाने तयारी गरिएको छ । उनीहरुलाई बन्यजन्तु ऐन बमोजिम १० हजार विगो र सोही रकमको जरिवाना दस्तुर लाग्ने एक्याप ईलाका कार्यालय भुजुङका संरक्षण अधिकृत राजेश प्रसाद गुप्ताले बताउनुभयो । source marsyangdi fm


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.