काठमाडौं, २४ जेठ । नेपाली चलचित्रका चर्चामा आउन सफल नायकको रुपमा अनमोल केसीलाई लिने गरिएको छ । हाल उनी सर्वाधिक पारिश्रमिक लिने नायकको रुपमा चिनीने गरेका छन् ।
सुपरस्टार भुवन केसीका छोरा नायक केसीले २० लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । निर्माणधाीन चलचित्र ‘केसर’मा उनी अनुबन्धीत भईसकेको बताइएको छ । नायक भूवन केसीको ब्यानर ‘द सुपर काजोल’ले यसमा ४० प्रतिशत लगानी गर्ने बताइएको छ ।
नायक भूवन केसीले अनमोलले २० लाख पारिश्रमिक भन्दा पनि कथा हेरेर काम गर्ने धारणा राखेका छन् । उनले निर्मात्री पूनम गौतमले अनमोललाई २० लाख दिएर काम गर्न अफर गरेको बताए ।
बेलायत र नेपालका विभिन्न स्थानमा छायांकन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन भएका छन् । निर्माता सुवास गिरीको यसमा लगानी रहनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...