एजेन्सी– पृथ्वी आफैमा सुन्दर ग्रह हो । प्रकृतिले यहाँ सबै किसिमको वातावरण निर्माण गरिदिएको छ । त्यसैले त, यो ग्रहमा विभिन्न प्राणीहरुको अस्तित्व टिकेको छ ।
यद्यपि, पछिल्लो समयमा विश्वभर बढेको जनघनत्व र त्यसका अनियन्त्रित गतिविधिले गर्दा समग्र पृथ्वी र त्यहाँ रहेका देहरुलाई समेत नराम्रो असर परिरहेको छ ।
जसका कारण विविध समस्याहरु देखिइरहेका छन् तर संसारमा यस्ता देशहरु पनि छन्, जहाँ मानिसले प्रकृतिले दिएको सुन्दरतालाई आफ्नो विज्ञान र कलाको समूचित प्रयोग गर्दै जोगाएर पनि राखेका छन् र त्यसलाई थप सुन्दर पनि बनाएका छन् ।
यसै विषयमा पछिल्लो समयमा कोलम्बिया विश्वविद्यालयले संसारका अति सफा मुलुकहरुको तालिका सार्वजानिक गरेको छ ।
यो पटक हामीले पनि तिनै संसारका सबैभन्दा सफा र सुन्दर दश मुलुकहरुलाई यहाँ समावेश गरेका छौ, जुन मुलुकहरु स्वर्गभन्दा कम छैनन् ।
संसारका अति सफा ती मुलुकबाट नेपालले पनि पाठ सिक्नुपर्छ, किनभने संसारका अति सुन्दर देशहरुमध्ये नेपाल पनि एक हो तर उचित विकास, सरसफाई र त्यसको चुस्त व्यवस्थापन नहुँदा नेपालका काठमाण्डु लगायतका प्राय सहरहरु कुरुप देखिएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा यी देशबाट नेपालले पनि गम्भीर रुपमा पाठ सिक्नैपर्छ । प्रस्तूति–रंगलाल रिमाल
आइसयान्ड
आइसल्याण्ड संसारकै सबैभन्दा एक नम्बर सफा देश ।
स्वीडेन
स्वीडेन संसारको दोश्रो सफा देश ।
स्वीजरल्याण्ड
स्वीट्जरल्याण्ड संसारको तेश्रो सफा देश ।
नर्ब
े
नर्बेसंसारको चौथा सफा देश ।
मौरीसस
मौरीसस संसारको पाँचौ सफा देश ।
कोस्टारिका
कोस्टारिका संसारको छैटौ सफा देश
फ्रान्स
फ्रान्स संसारको सातौ सफा देश ।
अष्ट्रिया
अष्ट्रिया संसारको आठौ सफा देश
क्युवा
क्युवा संसारकै नवौ सफा देश ।
सिंगापुर
सिंगापुर संसारकै दशौ सफा देश ।


0 comments
प्रतिक्रिया दिनुहोस्...