-->
सुतिरहेकी महिलालार्इ घरभित्रै घुसेर बलात्कार

सिराहा । सिरहामा एक पुरुषले घरभित्रै घुसेर सुतिरहेकी महिलाको बलात्कार गरेका छन् ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका–१४ बस्ने ४३ वर्षीय हकरु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
पासवानले बुधबार सोही ठाउँ बस्ने ४५ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.