-->
संयुक्त राष्ट्रसंघका महासचिव वान के मुनले भने -काबुल आक्रमणकारीलाई कारबाही

संयुक्त राष्ट्रसंघ:मृतक नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले १२ नेपालीसहित १४ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गरी वानले दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।वानको तर्फबाट प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपाल र अफगान सरकामार्फत् मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षार्थ खटिएका नेपाली सवार बसमा गत सोमबार तालिवान लडाकूले आत्मघाती आक्रमण गर्दा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा ७ नेपाली घाइते भएका छन् । आक्रमणमा मृत्यु भएकाहरुको शव बुधबार काठमाडौं ल्याइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.