-->
हिमानी रिसाएपछि पारसले बाहिर-बाहिर यस्तोसम्म गर्छन्

काठमाडौं, ३० वैशाख । पारिवारिक कलहले लामो समयदेखि छुट्टिएर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी गएको चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए ।
सपरिवार भोजमा देखिएका उनीहरु एकै ठाउँमा बसोबास भने हुन सकेको छैन । पारसकी फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा बाबु ज्ञानेन्द्र, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीँगैको फोटो सार्वजनिक गरिएको थियो ।
त्यसैगरी नयाँ वर्ष २०७३ को शुभकामना दिने क्रममा पारिवारको फोटोहितकोकार्ड बाँडिएको थियो । तर करिब १३ मिहनाअघि थाइल्याण्डबाट नेपाल आएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनमा धेरैले अचम्म मानेका छन् ।
पूर्वयुवराज पारस अहिले सुनकोठीसिथ्त आलिसान महलमा बसोबास गर्न थालेका छन् । फुपू शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनाली विकास शाहीको घरमा धीरेन्द्रकी माहिली पुत्री शिताष्मासँग बस्न थालेका पारस अहिले अधिकांश समय पढ्न र खेल्न व्यस्त देखिएका छन् ।
उनी प्राय जसो आइतबार मंगलबार र बुधबार नारायाहिटी परिसारमा रहेको रत्न मञ्जिलमा बस्ने आएकी हजुरआमा रत्नलाई भेट्न जाने गरेका छन् –परिवारका एक सदस्यले भने । नेपाल समाचारपत्रमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.