काठमाडौँ, २३ वैशाख । नेपालबाट कतार रोजगारीको सिलसिलामा गई अलपत्र परेकी रामेछाप खिम्ती–७ घर भएकी विष्णु अधिकारीको प्रहरीले उद्धार गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार माघ १९ गते कतार गएकी अधिकारीले सहमति अनुसारको काम तथा तलब समेत नपाई खान बस्न समस्या भई अलपत्र परेकोले उद्धार गरीदिन आफ्ना श्रीमानमार्फत प्रहरीम उजुरी दिएकी थिइन् ।
उनका श्रीमानले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाको विशेष पहलमा कतार स्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विष्णुलाई मंगलबार उद्धार गरी नेपाल ल्याइएको महाशाख प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...