-->
गोरखा र धादिङमा एकैपटक फेरि गयो भूकम्प

काठमाडौं, २३ वैशाख । नेपालमा विहीबार विहान फेरि भूकम्प गएको छ ।
विहीबार विहान गोरखा र धादिङको सीमाक्षेत्र काशी गाउँ आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र ले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि हल्का महसुस गरिएको छ । केन्द्रका अनुसार गोरखा र धादिङमा एकसाथ गएको आजको परकम्पन गतवर्ष वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पकै परकम्पन हो ।
यसअघि वैशाख १४ गते रसुवालाई केन्द्र बनाएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो भने हिजो मात्रै कालिकोट केन्द्र भएर ४ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.