पोखरा– अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चितवन पार्वतीपुर बस्ने तनहुँ मनपाङ गाविस–२ शेराटारका २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेट्दै केटीहरुलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछको क्रममा श्रेष्ठ बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गत बैशाख २५ गते नेपाल फर्किएको र निजले फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...