-->
किमजोङ उनले पार्टी महाधिवेशनको गोप्य भेलामा दक्षिण कोरियासँग यस्तो प्रस्ताव राखेपछि…!

सोल, २७ बैशाख-दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताको लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्विकार गरेको छ ।
उत्तर कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कँग्रेसको सम्बोधनका क्रममा कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए ।
राष्ट्रियरुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्त गरेका थिए ।
उनले आफ्नो सम्बोधनमा भनेका थिए, दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।
तर त्यस प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले हिजोको सो प्रस्तावलाई अस्विकार गरिदिएको छ ।
उत्तरले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको थियो ।
तर सोमबार आएको दक्षिणको यस अभिव्यक्तिबाट भने यो अवस्था कायम रहन नसक्ने देखिएको समाचारमा जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.