-->
ओलीले यस्तो निर्णय लिएपछि प्रचण्ड भस्किए, ओलीले भने ‘चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ’

सोमबार, २७ वैशाख
काठमाडौ । राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा ‘अहिले नै राजीनामा’ गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी शर्मामा ओलीको बोलीकै आधारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ताको विद्रोह फिर्ता लिएको बुझिएको छ ।
दाहालले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेताव तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा दाहाल प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीन बुँदे सहमति मस्यौदा तयार गरेका थिए ।
‘सहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रिपरिषदमै घोषणा गरिदिन्छु राजीनामा’ भन्दै ओली कड्किएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए।
‘चिठी खल्तीमा, हल्ला बजारमा? म मान्दिनँ’ भन्नै अडान ओलीले लिए ।
तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो ।
- दैनिक हेडलाइन्सबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.