तेह्रथुम / दृष्टि बिहीन कालाकारहरुले सडकमा आफ्नो गित प्रस्तुत गरे सँगै दर्शकको मन थाम्न नसकी धुरुधुरु रुवाएका छन । काठमाडौबाट सडकमा छिर्नु भएका ७ बर्षमा दादुराका कारण दुबै आँखा गुमाकी झापा मेचीनगर १० की २७ बर्षिया मञ्जु तामाङ र १३ बर्षको उमेरमा टाईफाईटका कारण दुबै आँखाका गुमाएकीे कपिलबस्तुका २९ बर्षिया अन्जना थापाले तेह्रथुमको छथर सुक्रबारे बजारमा आफ्नो गित प्रस्तुत गरे सँगै दृष्टि बिहिनहरुको गित सुन्न आएका दर्शहरु धुरुधुरु वाएका छन ।
अन्जना थापाले “आपाङलाई दिनुहोस दान” भन्ने गित प्रस्तुत गरी रहँदा दर्शकहरुको आँखा कसैको ओभानो रहन सकेन मञ्जुले गाएको “कस्तो छ यो संसार मलाई पनि हेर्नु मन छ” भन्ने गित प्रस्तुत हुँदा दर्शकहरुको आँखामा आँशुको झरी परेको थियो । २ सहयोगीहरुको साथमा सडकहरुमा गित गाँउदै हिडि रहेका दृष्टि बिहीन कालाकारहरुलाई राज्यले कुनै किसीमको न्याय प्रदान नगरे पनि हरेक बस्तीहरुमा माया पाएको दृष्टि बिहीन कालाकार अन्जनाले बताउनु भयो ।
उहाँ भन्नु हुन्छ धन भएर पनि मनका कमी भएकाहरुले हामीलाई अपमान गर्नु हुन्छ राज्य सँगै कुनै आश छैन कुर्सी खोसाखोस नै भ्याई नभ्याई हामी जस्ता पिडितहरुको सम्म कहिले आँखा पुग्ला र हामी त सडकमा गित गाएर पेट भरि रहेका छौ । कला मात्र भएर पनि नहुने यो दुनियाँ सबै कुरा पहुजले गर्ने कुनै स्टेजमा हामीलाई स्थान दिईन्दैन सपाङ कालकारले नै हामीलाई स्थान दिँदैनन ।
सडकमा आफ्नो कला प्रस्तुत गरेर हामी जम्मा गरेको रकमले ब्यात्तिगत खर्चबाट बचेको संगित क्षेत्रमा अगाडी बढ्नको लागी केही सोच बनाएका मञ्जु मगर बताउनु हुन्छ । दुबै दृष्टि बिहीन कालकारले अहिले सम्म नेपाल सरकारबाट कुनै पनि अपाङ सेवा सुबिधा प्राप्त गर्न नसकेको दुखेसो पोखाउँदै । मन्जु र अन्जना जस्ता गला भएका कलाकारहरुलाई सरोकारवाला बर्गको ध्यान जान जरुरी छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...