-->
आजको ताजा न्युज :रामेछापमा जीप दुर्घटना हुदा ७ जनाको मृत्यु , ८ घाईते

जेष्ठ १३, २०७३
काठमाडौंबाट रामेछापको हिमगंगाको चिलाउनेखर्क जादै गरेको बिपी यातायात सेवा समितिको टाटासुमो जीप रामेछापको ओख्रेनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । रामेछाप नगरपालिका १ मा पर्ने ओख्रेनीमा भएको सो दुर्घटना स्थलमा उद्धारको काम भइरहेकाले मृतक तथा घाइतेको संख्या थपिन सक्ने स्थानीय टीकाराम लामाले जनाएका छन् । जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मखनलाल यादवले दुर्घटनाको पुष्टि गर्दै मृतकको संख्या वृद्धि हुन सक्ने बताउनुभयो । दुर्घटनाको जानकारी हुनासाथ यादवको नेतृत्वमा प्रहरीको टोली त्यस तर्फ लागेको छ । दुर्घटनाको कारण खुलेको छैन |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.