-->
नेपालमा राज गर्न खोज्ने भारत र अमेरिकालाई चीनले दियो झड्का, राष्ट्रसंघको फैसला नमान्ने चीनको घोषणा

काठमाडौं, २५ वैशाख । दक्षिण चीन सागरबाट कुनै हालतमा पछि नहट्ने चीनको निणयले विश्वको ध्यान खिच्न थालेको छ । सागरमा भारत, अमेरिका, जापान र फिलिपिन्सले पनि दाबी गर्दै आएका छन् ।
चीनले कब्जामा लिएर आफ्ना गतिविधि सञ्चालन गरेपछि भारत, अमेरिकासहितका देश निकै चिन्तित बनेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होंग लीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारत र अमेरिकातर्फ लक्षित गर्दै भने ‘केही देश यसलाई (दक्षिण चीन सागर) प्रयोग गर्नका लागि चीनमाथि दबाब दिने प्रयास गरिरहेका छन् कि हामी आफ्नो अडानबाट पछि हटौ भनेर । तर, यो गैरकानुनी हो । चीन यसलाई मान्यता दिनेछैन् ।’
समाचार अनुसार चीनले संयुक्त राष्ट्रसंघको न्यायाधिकरणमा फिलिपिन्ससँग सम्बन्धित मामिलामा आउने कुनैपनि नतिजा नमान्ने बताउँदै दक्षिणी चीन सागरको आफ्नो दाबीबाट चीन पछाडी नहट्ने बताएको छ । दक्षिणी चीन सागरमा आफ्नो दाबी गर्दै फिलिपिन्सले राष्ट्रसंघको न्यायाधिकरणमा चीनको प्रभावविरुद्ध मुद्दा दायर गरेको छ ।
न्यायाधिकरणले केही दिनमा फैसला गर्दैछ । फिलिपिन्स, भियतनाम, मलेसिया, बु्रनाई र तवाईवान उसको दाबीको विरोध गर्दै आफ्नो पनि दाबी गर्दै आएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.