सुखद दाम्पत्य जीवनका लागि पति पत्नी दुबैजना एक अापसमा खुसी हुनु जरूरी छ । एक अर्कालार्इ बुझ्न सक्ने हाे भने मात्र जीवन सुखी र खुसी हुन सक्छ । हाम्राे नेपाली समाजमा एउटा भनाइ नै छ नी श्रीमान् श्रीमती भनेका एक रथका दर्इ पाङ्ग्रा हुन् । यसै भनार्इले पनि प्रष्ट हुन्छ पति पत्नीबीचकाे सम्बन्धकाे महत्व । त्यसैले पति पत्नीबीच अापसमा समजदारी हुनु अनिवार्य छ । एकले अर्कालार्इ बुझ्न सक्ने हाे भने मात्र खुसी हुन सकिन्छ । अन्यथा सम्बन्ध दिगाे र दह्रिलाे कहिल्लै पनि हुन सक्दैन । श्रीमान् के चाहन्छन् भन्ने कुराकाे श्रमतीले जहिले पनि ख्याल गर्नुपर्छ त्यस्तै गरी श्रीमान्ले पनि श्रीमतीका कुरा सुन्नेर उनकाे भावनाहरूकाे सम्मान र कदर गर्न सक्नुपर्दछ । यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् ।तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । केही उपायहरू अपनाउन सक्नु भयाे भने तपार्इकाे दाम्पत्य जीवन खुसी हुन सक्छ । केही त्यस्ता सरल उपायहरू हामी तपार्इलार्इ जानकारी दिदैछाैँ
१. उनको कुराहरु सुन्नुहोस्ः धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।
२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः थुप्रै पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दुबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।
३. उनको करियरमा रुची लिनुहोस्ः तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
४. पैसा बगाउन बन्द गर्नुहोस्ः अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।
५. बेडमा उनलाई खुसी राख्नुहोस्ः यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।
६. बेकारको बहस नगर्नुहोस्ः श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।
७. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
८. आफ्नो जीवन पनि बाँच्नुहोस्ः कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् । ११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।
१२. उनको साथी बन्नुहोस्ः तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन ।
एजेन्सीकाे सहयाेगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...