-->
नेपाल सरकारका बहालवाला मन्त्रीले ‘कान्छी’ भित्र्याएपछि…

काठमाडौं, ५ जेठ । ‘भाग, साले कुत्ता यहाँबाट भाग…!’ सोच्नुस् त, यस्तो संवाद बोल्ने मान्छे कस्तो होला ? नेपाल सरकारको क्याबिनेटको फुल मन्त्रीले आफ्नै घरमा, अरुलाई होइन, आफैँले जन्माएर हुर्काएको छोरालाई ‘कुत्ता’ भन्दै घरबाट धपाउन बोलेको बोली ! जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
अहिलेको सरकारमा यस्ता धुन्धुकारी मन्त्री को होलान् ? भन्नै पर्दैन, विश्वेन्द्र पासवानबाहेक अरूले यस्तो गर्नै सक्दैन । पासवानले यसरी छोरालाई ‘कुत्ता’ भन्ने स्थितिचाहिँ युवतीका कराण आयो ।
५० काटेका उनले छोरा सन्तोषलाई गत शनिबार गौशालास्थित घरमा छिन नदिनू भनी त्यहाँ राखिएका सुरक्षाकर्मीलाई भन्दै थिए । ‘यो मन्त्रीको क्वार्टर हो, यहाँ मन्त्रीले भनेको मन्छे मात्रै बस्न पाउँछ’ भन्दै उनले सन्तोषलाई प्रवेश निषेधको उर्दी हाँकेका हुन् । हिजोआज विश्वेन्द्र अर्कीसँग लागेका छन् ।
बारा, जितपुरकी २५ वर्षीया ताराकुमारी रामलाई उनले पार्टीको केन्द्रीय सदस्य मात्रै बनाएका छैनन् घरकी कान्छी पत्नीका रुपमा पनि अपनाउने भएका छन् । यसका लागि जेठीपत्नी र त्यतातिरका सन्तानसँग दिनदिनै किचकिच पर्न थालेको हो । अहिलेसम्म तारालाई घरमै त लगेका छैनन् ।
तर, बाहिर घुम्न जाँदा र काठमाडौंकै विभिन्न स्थानमा उनीसँग रात काट्ने गरेका छन् । परिवारको आपत्ति कान्छी ल्याउन खोजेकोमा छैन, केटीको जातमा छ ।
त्यसो त ‘पासवान’ चमार जातका हुन्, त्यो जातमा पनि बाहुन–जैसी भनेजस्तो तल्लो र माथ्लो हुन्छ । ‘राम’ भनेको पनि चमार नै तर चमारमध्ये पनि सबभन्दा तलको जात मानिँदो रहेछ । सन्तोषले शनिबार बाबुको मुखबाट ‘कुत्ता’ हुनपरेको पनि यही कारणले हो । उनले भने, ‘चमार मात्रै भए केही थिएन, सबभन्दा तल्लो वर्गको चमारकी छोरी ल्याउन ?’
फेरि तारा जितपुरमा सुकुम्बासी बस्तीमा बसोबास भएको परिवारकी हुन् । विश्वेन्द्रले मन्त्री भएयता कमाएको सबै पैसा उनैलाई दिएको, जितपुरमा जग्गा किनिदिएको, गरगहना र खानपानको सबै प्रबन्ध गरेको भनी परिवारका सदस्यले आपत्ति जनाएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.