-->
केराको फूल खाँदा भाग्छन् यी ८ रोग...जानी राखौं!

जेठ ५
केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ ।
केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौ केराको फूलबाट कुन कुन रोग भगाउन सकिन्छ ।
मधुमेय रोगीको लागि फाइदाः एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।
यसले प्राकृतिक रुपमा डिप्रेसन कम गर्छ ः यस फुलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।
फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छः फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ
पेटको रोग निको गर्छः केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान गर्छ ।
मासिक धर्म नियमितः यो खाँदा मासिक धर्म नियमित हुन्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।
एनिमियाबाट बचाउँछः यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।
स्तनपान गराउने आमालाई उपयुक्तः आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।
ब्याक्टेरियाबाट बचाउँछः यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ ।
केराको पातका फाइदा
दिनहुँ केराको पातमा खाना खाँदा कपाल छिटो–छिटो कालो बनाउँछ । केराको पत्तामा तातो खाना पस्किनले यो पोषक तत्व पनि खान पाइन्छ । जुन स्वास्थका लागि फाइदाजनक मानिन्छ ।
छालालाई नरम र मुलायम बनाउँछ । केराको पातमा धेरैमात्रामा एपिकालोकेटचिन गलेट र इजिसिजी जस्ता पोलिफेनोल्स पाइन्छ जुन ग्रीन टिमा पनि पाइन्छ । पोलिफेनोल्समा एन्टि अक्सिडियन्ट हुन्छ जसले छालालाई सुन्दर बनाउँछ ।
शरिरमा पोलेको निको पार्छ । पोलेको ठाँउमा केराको पातमा अदुवाको तेल लगाएर माथिदेखि तलसम्म लपेटदा शरिलाई शितलता दिन्छ ।
केराको पातमा अदुवाको तेल छर्केर माथिदेखि तलसम्म नवजात शिशुलाई बेरेर खुला आकाशमुनि राख्नाले बच्चाको छालालाई राम्रो गर्नुका साथै प्रचुर मात्रामा भिटामिन डी पनि पाइन्छ
केराको पातमा नरिवलको तेल मिसाएर लगाउँदा छालामा आउने डन्डीफोर, खत, दाग हट्छ ।
केराको पातमा खानालाई लपेटेर राखेमा त्यो खाना बिग्रद्रैन ।
स्रोतः स्वास्थ्य खबरपत्रिका


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.