सिन्धुपाल्चोक, २० बैशाख । सिन्धुपाल्चोकमा ७ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा कुन्चोक–५ बस्ने ५८ वर्षीय कालीबहादुर अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
अधिकारीले जेठ १७ गते सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई गोठमा लगेर जबरजस्तीकरणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया


0 comments
प्रतिक्रिया दिनुहोस्...