-->
२७ वर्ष उमेर पुगेपछि बुढीकन्या !

२७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजले ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।बेइजिङस्थित एउटा रेडियो स्टेशनमा काम गर्ने हुआङ युनयुन आफ्नो बढ्दो उमेरदेखि डर लाग्न थालेको बताउँछिन् ।
यही साता उनी २९ लाग्दैछिन् प्रतिक्रियामा भन्छिन्,‘मलाई डर लाग्न थालेको छ र ज्यादैनर्वस भएकी छु किनभने म अहिलेसम्म एक्ली छु । केटा साथी पनि छैन । विहे गर्नुपर्छ भन्ने ठूलो दबाब झेलिरहेकी छु ।हुआङले चीनको उत्कृष्ट विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् र राम्रो तलब भएको जागिर पनि खाइरहेकी छिन् । यति हुँदा हुँदै पनि एक्ली, सहरी, शिक्षित महिलालाई ‘बुढी कन्या’ भन्ने बात् लाग्ने र आफूलाई यस्तो मन नपर्ने उनी बताउँछिन् ।
विहेका लागि उनका साथी र परिवारले मात्र होइन देशकै राष्ट्रिय सञ्चारमाध्यमले समेत कम्ता दबाब दिँदैनन् । हुँदा –हुँदा अखिल चीनियाँ महिला महासंघले समेत बुढीकन्या बारे लेख लेख्यो । तर चर्को आलोचना भएपछि सो लेख वेभसाइटबाट हटाइयो । सरकारी सञ्चारमाध्यमले नै बुढीकन्या भन्न थालेको २००७ बाट हो । एकल नीति सन्तान नीति पछि देशमा बढ्दो लैगिंक असमानता अन्त्य गर्ने र महिलाहरुलाई विहे प्रति आकर्षित गर्न सरकारले यस्तो नीति लिएको थियो ।
छोरीहरुको कमीका कारण अविवाहित पुरुषको संख्या बढी भएपनि अविवाहित नै बस्न रुचाउनेहरु प्रति सरकारले विभेद गरेको केही महिला अधिकारकर्मीको धारणा छ ।‘क’ स्तरको पुरुषले ख गुणस्तरको युवती पाउँछ । ‘ख’ स्तरको केटाले ‘ग’ स्तरको दुलही पाउँछ । ‘ग’ स्तरको पुरुषले ‘घ’ स्तरकी महिलालाई विवाह गर्छ तर ‘क’ गुणस्तरकी महिला र ‘घ’ स्तरका पुरुष प्रायः अविवाहित हुने गर्छन् । र त्यस्ता महिलालाई बूढी कन्या भनेर बात लाउने हुआङ बताउँछिन् ।
पुरुषबारे भने समाज चुप हुनमा उनको असन्तुष्टि छ । आउँदो पुस्ता उच्च गुणस्तरको बनाउने पुरुषले आफु भन्दा जान्ने युवतीलाई विहे गर्नुपर्ने लेता होङ फिन्चरले २००७ को स्टेट काउन्सिलमा सुझाव दिएकी थिइन् ।पढेलेखेकी र आत्मविश्वासले भरिएकी युवती प्राय विहे गर्न नचाहने प्रवृत्ति बढ्दै गएपछि कतिपय चीनियाँ राज्यले विहेका लागि उपर्युक्त वर खोजी दिने कार्यक्रम सञ्चालन गरेका छन् ।
एक्ली महिला भन्दा एक्लो पुरुष समाजका लागि खतरा भएकाले महिलाले विहे गर्नुपर्ने राय फिन्चरको छ । तर चेनलाई (नाम परिवर्तन) यी सबै कुरा थाहा भएपनि बेइजिङमा एक्लै रमाएकाले तनाव निम्त्याउन विहे नगर्ने सोचमा छिन् ।सेयर बजारमा काम गरेर कुस्त कमाएकी चेनका बाबु आमा भने ३८ वर्षको उमेरसम्म उनी अविवाहित रहेकोमा उनी लज्जित छन् । सार्वजनिक कार्यक्रममा बाबु आमाले उनलाई लैजान चाहदैनन् । किनभने यत्री बढी कन्या पाल्ने भनेर बुवा आमाको आलोचना होला भनेर डराउँछन् । चेनले बताइन् ।
सुन्दर युवती पढेलेखेकी नभएपनि चाँडै विहे गर्छन् । तर सामान्य अनुहार र कुरुप महिलाको समयमै विहे हुन गाहे हुने गरेको छ । २७ देखि ३० वर्ष उमेरका युवतीलाई बुढी कन्या भन्न नहुने केहीको तर्क छ । १९५० ताका सबैभन्दा ढिला विहे हुने उमेर २० हुन्थ्यो । १९८० को दशकमा २५ भयो भने यतिबेला २७ पुगेको छ ।
विज्ञापनले मच्चायो हल्ला
बूढी कन्या माथि बनेको एउटा ४ मिनेटको विज्ञापन डकुमेन्ट्रीले यतिबेला संसार हल्लाएको छ । जापानी सौन्दर्य प्रशारण कम्पनी एसकेटुले बनाएको सो डकुमेन्ट्री संसारभरका महिलाको सशक्तिकरण र आफ्नो भाग्यको निर्माता आफै हुन प्रेरित गरेकाले लोकप्रिय भएको कम्पनी अध्यक्ष मार्कुस स्ट्रोबेलले जनाए ।
डकुमेन्ट्रीमा एकजना महिलाले भनेकी छिन् चीनियाँ संस्कृतिमा बा आमालाई ज्यादै आदर गरिन्छ । तर बा आमाले विहे गर्दा नमान्नु ठूलो अनादर हो । यसपछि भिडियोमा उनी घुक्कँ घुक्कँ रुन्छिन् ।अर्की महिलाले डकुमेन्ट्रीमा भनेकी छिन् चीनियाँ समाजमा अविवाहित हुनुलाई अपूर्ण ठानिन्छ ।
- अनलाइन समाचारबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.