-->
मोदी–ओली सम्बन्ध इतिहासकै नाजुक, ओलीले थाले मोदीमाथि डरलाग्दो प्रहार

शनिबार, २५ वैशाख
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व सहमति अनुसार धोका दिएको निष्कर्ससहित ओलीले त्यसलाई काउण्टर दिन राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्ने र भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएको खुलेको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार जेठ ८ गते नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गरेका थिए ।
मोदीले ओलीलाई आफू विहारका मुख्यमन्त्री नितिश कुमारलाई साथमा लिएर सम्मेलनमा सहभागि हुन आउने प्रतिबद्धता ब्यक्त गरेका थिए । मोदी आउनेमा प्रधानमन्त्री पूर्ण आशाबादी थिए र उनले मन्त्रीपरिषदको बैठकमा बारम्बार त्यो कुरा भन्दै पनि आएका थिए ।तर एकाएक मोदीले आफ्नो नेपाल भ्रमणको कार्यक्रम रद्द गरेर आफ्नो सरकार ढाल्ने खेलमा लागेको सूचना पाएपछि ओली रुष्ट बनेका थिए ।
त्यसैको जवाफ दिन उनले आफ्नो नेपाल भ्रमण रद्द गर्ने अनि हामीले किन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत पठाउने भन्दै आफू निकटहरुसँग भनेका थिए ।
मोदीलाई जवाफ दिने नियतसहित ओलीले राष्ट्रपतिको भारत भ्रमणमात्रै स्थगित गरेनन भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई समेत फिर्ता बोलाउने निर्णय गरे ।
आफ्नो सरकार ढाल्ने योजनामा काम गरेको सूचना पाएका ओलीले राजदुतलाई फिर्ता बोलाउनु अघि टेलिफोनमा राजिनामा दिन सुझाव दिएका थिए । ओलीले तपाईले राजिनामा दिनुस, तपाईकै हाईट बढ्छ भनेर सुझाव दिएका थिए । तर उपाध्यायले आफूले राजिनामा नदिने बताएपछि ओली फिर्ता बोलाउने निर्णयमा पुगेका हुन ।
ओलीको नेपालको विरुद्ध भारत प्रयोग भईरहेको भन्ने निष्कर्स निकालेका छन । उनले आफूलाई प्रधानमन्त्री बन्न दिनबाट पनि भारतले रोकेको, प्रधानमन्त्री बनेपछि पनि नाकाबन्दी गरेर असफल बनाउने प्रयास गरेको र अहिले पनि टेन्सन दिईरहेको छ भनि आफू निकटहरुसँग गुनासो गरिरहेका छन ।
त्यसपछि ओलीले कति टेन्सन लिईरहने अब संसदमा बहुमत पुगुन्जेलसम्म सरकारको नेतृत्व गरिरहने नपुगे भारतको सहयोगमा प्रधानमन्त्री नबन्ने निष्कर्ससहित प्रचण्डलाई यथार्थ बताएर नौ बुँदे सहमति गरेको बताईन्छ ।
nepalsandesh


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.