-->
भारतीय मिडियामा बन्यो हेडलाइन- ‘पीएम से ही भिड गए भारत में नेपाल के राजदूत’

काठमाडौं, २५ वैशाख । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयपछि नयाँ दिल्लीमा तरंग पैदा भएको छ ।
भारतीय मिडियाहरुले ‘पीए से ही भिड गए भारत में नेपाल के राजदूत’ भनेर हेडलाइन बनाएका छन् । केही पत्रिकाले नेपाल झगडियो, भारतसँगको सम्बन्ध खराब स्थितीमा पुगेको टिप्पणी गरेका छन् ।
भारतीय संस्थापन (सरकार) पक्षीय पत्रिका नवभारत टाइम्समा प्रकाशित समाचारमा राष्ट्रपतिको भारत भ्रमण रद्द गरिएको र त्यसैबेला राजदूत उपाध्याय फिर्ता बोलाइनु सरकार परिवर्तनको खेलका कारण भएको उल्लेख छ ।
समाचारमा उपाध्यायमाथि ओली सरकार ढाल्न सक्रिय भएको आरोप र राष्ट्रपतिको भारत भ्रमणलाई जोडिएको छ ।
समाचारमा राजदूत उपाध्याय र ओलीबीच फोनमा भएको सम्वादलाई पनि राखिएको छ । जसले ओलीसँग राजदूतले असहमति जनाएको देखाउँछ । ‘राष्ट्रपतिको भ्रमण रद्द गर्नु उचित यो समय उपयुक्त थिएन, जब भारत-नेपाल सम्बन्ध सुधार गइरहेको थियो । भ्रमण रद्द गर्नुभन्दा पहिला मसँग सल्लाह पनि लिइएन् र सूचना पनि दिइएन् ।’ राजदूतले फोनमा ओलीसँग यस्तो गुनासो पोखेपछि ओलीले भने– ‘यदि तपाई भ्रमण रद्द भएको विषयमा यति गम्भीर हुनुहुन्छ भने पद छाडेर फर्किनुस् ।’
यही सम्वादलाई जोडेर भारतीय मिडियाले पीएम से ही भिड गए भारत में नेपाल के राजदूत’ भनेर हेडलाइन बनाएका छन् ।
हेर्नुस् भारतीय मिडियाको हेडलाइन जस्ताको तस्तैः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.