-->
एमालेका सांसद पनि के कम ! कांग्रेसविरुद्ध संसदमै उत्रिए कांग्रेसले सरकारलाई काम गर्न नदिएको आरोप

काठमाडौं, २२ वैशाख । सत्तारुढ दल एमालेका सांसदहरू वर्तमान सरकार राष्ट्रियताको पक्षमा उभिएको भन्दै कांग्रेसलगायतका दलहरूले काम गर्न नदिएको आरोप लगाएका छन् ।
संसदको आजको बैठकमा धारणा राख्दै एमालेका सांसदहरूले भने, ‘कांग्रेसले सरकारलाई काम गर्न दिएन । वर्तमान सरकारले काम गर्न खोजेको थियो ।’
एमालेका सांसद राजन भट्टराईले सरकार राष्ट्रियताका पक्षमा उभिएका कारण समस्यामा परेको बताउनुभयो । ‘सरकार राष्ट्रियताका पक्षमा जोडदार रुपमा उभिएको छ’, उहाँले भन्नुभयो, ‘सरकार चौतर्फी हमलामा परेको छ ।’
नाकाबन्दी र राजनीतिक असहजताका कारण मुलुकमा चाहे जस्तो काम गर्न नसकेको बताउनुभएका भट्टराईले भन्नुभयो, ‘भूकम्पपीडितका पक्षमा सरकारले धेरै काम गरेको छ ।’
छ महिनाको समयमा सरकारले धेरै काम गरेको बताएका एमालेका सांसदहरूले सरकारले छ महिनाभित्र केही गरेन भन्नु अन्याय हुने बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.