विश्वका ठूला तथा चर्चित मानिसको सुुरक्षामा धेरै पैसा खर्च हुन्छ। हालै फेसबुक सिइओ मार्क जुकरवर्गको सुरक्षा खर्च सार्वजनिक गरिएको छ।
विवरणका अनुसार गत वर्ष उनको सुरक्षा खर्च ४.२६ मिलियन अर्थात् करिब ४५ करोड ५२ लाख रुपैयाँ भएको थियो। त्यस्तै पछिल्ला तीन वर्षमा कूल खर्च १२.५ मिलियन अर्थात् करिब १ सय ३३ करोड रुपैयाँ भएको छ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार शोसल नेटवर्किङ कम्पनीले पहिलो पटक यस्तो किसिमको खर्च विवरण सार्वजनिक गरेको हो।


0 comments
प्रतिक्रिया दिनुहोस्...