-->
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई छायाँ पारेर संघीय गठबन्धनलाई आन्दोलनको नेतृत्व दिएपछि मोर्चाभित्र बिबाद उत्पन्न भएको छ । मधेशी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीबाहेक अरु दल संघीय गठबन्धनप्रति असन्तुष्ट छन् । मोर्चामा हाल पाँचवटा दल रहेका छन् । जनकपुरमा दुई दिनसम्म बसेको तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकमा यो विषय प्राथमिकताका साथ उठेको थियो । पार्टीका महासचिव जितेन्द्र सोनल र केन्द्रीय सदस्य बीपी यादवले बैठकमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार यस कुरामा बीपी यादवले अलि बढी नै जोड दिएका थिए । ‘मधेशमा संघीय गठबन्धनले होइन, मधेशी मोर्चाले आन्दोलन गर्छ, यहाँ गठबन्धनको कुनै काम छैन । गठबन्धनलाई आन्दोलन नै गर्नुछ भने मनाङ, रुकुम, रोल्पातिर गएर गर्दा हुन्छ,’ बैठकमा सोनलको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीलाई भने । ‘मधेशमा मधेशी जनतालाई गठबन्धनको बारेमा थाहा छैन, मधेशी मोर्चाको ब्यानरमै आन्दोलन हुन्छ’ भन्दै उनले केही नेताले गठबन्धन बनाएर मधेशमा भ्रम छरेर आन्दोलन कमजोर गरिरहेको आरोप लगाए । उनले भने, ‘मधेश आन्दोलन कमजोर पार्ने रणनीतिमा संघीय गठबन्धन गठन भएको हो ।’ बैठकमा गठबन्धन गठनप्रति अधिकांश नेताहरुल आपत्ति जनाएका थिए । बैठकमा पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राख्ने क्रममा तमलोपा संघीय गठबन्धनको पक्षमा नभएको तर उपेन्द्र यादवले गठबन्धनलाई जवर्जस्ती आगाडि बढाएको आरोप लगाएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार महामन्त्री शुक्लाले पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष वृषेशचन्द्र लाल विरामी भएको मौका छोपेर उपेन्द्र यादवले गठबन्धनलाई अगाडी बढाएको आरोप लगाए । गठबन्धन तथा मोर्चाको अधिकांश बैठकमा यी दुई जना मात्र जाने भएकाले पार्टीले उनीहरुलाई नै जिम्मवारी दिएको तर यी दुई नेता विरामी भएपछि उपेन्द्र यादव एकाएक अगाडि बढेको देखिएको शुक्लाले बताए । गठबन्धनको निर्णायक बैठक बसेको दिन अर्का महामन्त्री गोविन्द चौधरी बैठकमा सहभागी भएका थिए तर उनले आफ्नो कुरा प्रष्टसँग राख्न नसकेको र उपेन्द्र यादवले एकलौटी ढंगबाट गठबन्धन बनाएको आरोप तमलोपाका नेताहरुले लगाएका छन् । संघीय गठबन्धनको झण्डा र ब्यानरमा हुने आन्दोलनमा तमलोपा सहभागी तमलोपाले जनाएको छ । यद्यपि, संघीय मधेशी मोर्चाले गर्ने आन्दोलनमा सहभागि हुने र यदी मधेशी मोर्चा पनि त्यहाँ नभए तमलोपाले आफ्नै ब्यानर र झण्डा लिएर आन्दोलन गर्ने दलभित्र आन्तरिक सहमति बनेको स्रोतले जनाएको छ । बृषेशचन्द्र लाल ८ नम्बरको नेता ! पार्टीका महामन्त्री वृषेशचन्द्र लाल पार्टीमा कति नम्बरको नेता हो भन्ने पनि बैठकमा चर्चाको विषय बन्यो । धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले वृषेशचन्द्र लाल कति नम्बरको नेता हो त्यो कुरा आफूले बुझ्न नसकेको कुरा उठाएका थिए । केन्द्रीय कमिटीले वरियाताक्रमलाई ख्याल गरेको छैन भने जिल्लाले यसबाट के सिक्ने भन्दै नेता साहले पार्टीभित्रको वरियाताक्रम सच्याउन आग्रह गरे । अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नाम रहेको छ, तेस्रो वरियताक्रममा अर्का उपाध्यक्ष वृषेशचन्द्र लालको नाम हुनुपर्ने तर त्यहाँ महासचिव सर्वेन्द्रनाथ शुक्लाको नाम राखिएको छ जुन वरियताक्रम विपरित रहेका साहले दावी गरेका छन् । साहको आलोचनापछि शुक्लाले पुरानो रजिष्टर उल्टाएर देखाउँदै भने, ‘ल हेर्नुस्, वृषेशजी आठ नम्बरको नेता हुनुहुन्थ्यो, महेन्द्रजी पार्टी छाडेर गएरपछि उहाँलाई उपाध्यक्ष बनाइएको हो । त्यही बेला सहमति भएको थियो कि वृषेशजी उपाध्यक्ष बनेपछि महासचिव शुक्लाको नाम माथि रहन्छ । त्यही बेलादेखि त्यस्तै हुँदै आएको छ ।’ शुक्लाको कुरा सुनेपछि वृषेशले जवाफमा, ‘के कुनै जिल्ला सदस्य भोली गएर पार्टीको केन्द्रीय अध्यक्ष बन्यो भने त्यसको नाम जिल्ला समितिमै रहन्छ कि माथि पनि जान्छ ? पार्टीभित्रको वरियताक्रम सुधार गर्नुपर्छ नत्र यो नजिर बन्यो भने पछिसम्म यसले असर गर्न सक्छ ’ भन्दै प्रतिप्रश्न गरेका थिए । तमलोपाको महाधिवेशन जेठ ६ गतेदेखि जनकपुरमा बसेको बैठक महाधिवेशन गर्ने विषयमा पनि केन्द्रीत थियो । पार्टी गठन भएको आठ वर्ष बित्दा पनि महाधिवेशन गर्ने सुरसार थिएन । तर, निर्वाचन आयोगले असारभित्र महाधिवेशन नगरे पार्टी खारेज गर्ने चेतावनी दिएपछि पार्टी महाधिवेशनको मिति तय गरेको छ । पार्टीले जेठ ६ गतेदेखि ९ गतेसम्म नवलपरासीमा गर्ने निर्णय गरेको छ ।

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई छायाँ पारेर संघीय गठबन्धनलाई आन्दोलनको नेतृत्व दिएपछि मोर्चाभित्र बिबाद उत्पन्न भएको छ । मधेशी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीबाहेक अरु दल संघीय गठबन्धनप्रति असन्तुष्ट छन् । मोर्चामा हाल पाँचवटा दल रहेका छन् ।
जनकपुरमा दुई दिनसम्म बसेको तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकमा यो विषय प्राथमिकताका साथ उठेको थियो । पार्टीका महासचिव जितेन्द्र सोनल र केन्द्रीय सदस्य बीपी यादवले बैठकमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार यस कुरामा बीपी यादवले अलि बढी नै जोड दिएका थिए ।
‘मधेशमा संघीय गठबन्धनले होइन, मधेशी मोर्चाले आन्दोलन गर्छ, यहाँ गठबन्धनको कुनै काम छैन । गठबन्धनलाई आन्दोलन नै गर्नुछ भने मनाङ, रुकुम, रोल्पातिर गएर गर्दा हुन्छ,’ बैठकमा सोनलको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीलाई भने ।
‘मधेशमा मधेशी जनतालाई गठबन्धनको बारेमा थाहा छैन, मधेशी मोर्चाको ब्यानरमै आन्दोलन हुन्छ’ भन्दै उनले केही नेताले गठबन्धन बनाएर मधेशमा भ्रम छरेर आन्दोलन कमजोर गरिरहेको आरोप लगाए । उनले भने, ‘मधेश आन्दोलन कमजोर पार्ने रणनीतिमा संघीय गठबन्धन गठन भएको हो ।’ बैठकमा गठबन्धन गठनप्रति अधिकांश नेताहरुल आपत्ति जनाएका थिए ।
बैठकमा पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राख्ने क्रममा तमलोपा संघीय गठबन्धनको पक्षमा नभएको तर उपेन्द्र यादवले गठबन्धनलाई जवर्जस्ती आगाडि बढाएको आरोप लगाएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार महामन्त्री शुक्लाले पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष वृषेशचन्द्र लाल विरामी भएको मौका छोपेर उपेन्द्र यादवले गठबन्धनलाई अगाडी बढाएको आरोप लगाए ।
गठबन्धन तथा मोर्चाको अधिकांश बैठकमा यी दुई जना मात्र जाने भएकाले पार्टीले उनीहरुलाई नै जिम्मवारी दिएको तर यी दुई नेता विरामी भएपछि उपेन्द्र यादव एकाएक अगाडि बढेको देखिएको शुक्लाले बताए ।
गठबन्धनको निर्णायक बैठक बसेको दिन अर्का महामन्त्री गोविन्द चौधरी बैठकमा सहभागी भएका थिए तर उनले आफ्नो कुरा प्रष्टसँग राख्न नसकेको र उपेन्द्र यादवले एकलौटी ढंगबाट गठबन्धन बनाएको आरोप तमलोपाका नेताहरुले लगाएका छन् ।
संघीय गठबन्धनको झण्डा र ब्यानरमा हुने आन्दोलनमा तमलोपा सहभागी तमलोपाले जनाएको छ । यद्यपि, संघीय मधेशी मोर्चाले गर्ने आन्दोलनमा सहभागि हुने र यदी मधेशी मोर्चा पनि त्यहाँ नभए तमलोपाले आफ्नै ब्यानर र झण्डा लिएर आन्दोलन गर्ने दलभित्र आन्तरिक सहमति बनेको स्रोतले जनाएको छ ।
बृषेशचन्द्र लाल ८ नम्बरको नेता !
पार्टीका महामन्त्री वृषेशचन्द्र लाल पार्टीमा कति नम्बरको नेता हो भन्ने पनि बैठकमा चर्चाको विषय बन्यो । धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले वृषेशचन्द्र लाल कति नम्बरको नेता हो त्यो कुरा आफूले बुझ्न नसकेको कुरा उठाएका थिए ।
केन्द्रीय कमिटीले वरियाताक्रमलाई ख्याल गरेको छैन भने जिल्लाले यसबाट के सिक्ने भन्दै नेता साहले पार्टीभित्रको वरियाताक्रम सच्याउन आग्रह गरे । अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नाम रहेको छ, तेस्रो वरियताक्रममा अर्का उपाध्यक्ष वृषेशचन्द्र लालको नाम हुनुपर्ने तर त्यहाँ महासचिव सर्वेन्द्रनाथ शुक्लाको नाम राखिएको छ जुन वरियताक्रम विपरित रहेका साहले दावी गरेका छन् ।
साहको आलोचनापछि शुक्लाले पुरानो रजिष्टर उल्टाएर देखाउँदै भने, ‘ल हेर्नुस्, वृषेशजी आठ नम्बरको नेता हुनुहुन्थ्यो, महेन्द्रजी पार्टी छाडेर गएरपछि उहाँलाई उपाध्यक्ष बनाइएको हो । त्यही बेला सहमति भएको थियो कि वृषेशजी उपाध्यक्ष बनेपछि महासचिव शुक्लाको नाम माथि रहन्छ । त्यही बेलादेखि त्यस्तै हुँदै आएको छ ।’
शुक्लाको कुरा सुनेपछि वृषेशले जवाफमा, ‘के कुनै जिल्ला सदस्य भोली गएर पार्टीको केन्द्रीय अध्यक्ष बन्यो भने त्यसको नाम जिल्ला समितिमै रहन्छ कि माथि पनि जान्छ ? पार्टीभित्रको वरियताक्रम सुधार गर्नुपर्छ नत्र यो नजिर बन्यो भने पछिसम्म यसले असर गर्न सक्छ ’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
तमलोपाको महाधिवेशन जेठ ६ गतेदेखि
जनकपुरमा बसेको बैठक महाधिवेशन गर्ने विषयमा पनि केन्द्रीत थियो । पार्टी गठन भएको आठ वर्ष बित्दा पनि महाधिवेशन गर्ने सुरसार थिएन । तर, निर्वाचन आयोगले असारभित्र महाधिवेशन नगरे पार्टी खारेज गर्ने चेतावनी दिएपछि पार्टी महाधिवेशनको मिति तय गरेको छ । पार्टीले जेठ ६ गतेदेखि ९ गतेसम्म नवलपरासीमा गर्ने निर्णय गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.