काठमाडौं, ११ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लव माओवादीको केन्द्रीय समिति बैठकले आफ्ना जिल्लास्तरीय नेता बाबुराम राईलाई प्रहरीले विनाकारण पक्राउ गरी हिरासतमा थुनेको विरोधमा जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको हो ।
झापा जिल्ला कमिटीका सचिव बाबुराम पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव समेत हुन् ।
उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाएपछि आफूहरु नेपाल बन्द गर्ने निष्कर्षमा पुगेको प्रवक्ता प्रकाण्डले जनाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...