-->
आफ्नी पत्नीको सुत्केरी पुरुष डाक्टरले गराएको भन्दै डाक्टरमाथि गोली प्रहार

साउदी अरबको राजधानी रियादमा एक व्यक्तिले अस्पतालमा छिरेर डाक्टरमाथि गोली चलाएका छन् ।
आफ्नी पत्नीको सुत्केरी गराउने क्रममा डाक्टरको उपस्थिती भएको भन्दै उक्त व्यक्तिले गोली चलाएका हुन् । गोली लागेको डाक्टरको अहिले अस्पतालमा उपचार भईरहेको छ भने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
आजतक अनलाईन पत्रिकाले जनाए अनुसार रियादको किंग फहद मेडिकल सिटीमा जोर्डन शहरमा बस्दै आएका एक व्यक्तिकी पत्नीको डेलिभरी भईरहेको थियो । उक्त समय डा.मुहन्नद अल जब्न डेलिभरीको लागि सामेल भएका थिए ।
आरोपीले पत्नीको डेलिभरीमा डाक्टर पनि सामेल रहेको देखेका थिए तर त्यस समय उनी आक्रोशित मात्र भए । तर एक महिना पछि पुनः अस्पताल पुगेका आरोपी व्यक्तिले पत्नीकी डेलिभरी गराउने डाक्टरलाई धन्यवाद दिन भन्दै भेट गरेका थिए ।
केही समय कुराकानी गरेपछि आरोपीले अकस्मान पेस्तोल झिकेर डाक्टरमाथि गोली चलाएका हुन् । प्रहरीको बयानमा आरोपीले पुरुष डाक्टर महिलाको डेलिभरीमा सामेल हुन नहुने बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.