-->
घर आउने दुबईका लाहुरेहरूलाई सुनको गहना उपहार ?

काठमाडौं, २६ वैशाख । नेपाल जाँदै हुनुहुन्छ ? सुनै सुनले सजिएर जान मन छ ? छ भने दुबई एयरपोर्ट आउनुहोस् मौका छ ।
छैन भनेपनि हतपती धर पाउनुहुने छैन । एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ । सजिएर गइदिएवापत राम्रै पैसा पनि मिल्नेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
डराउनु पर्दैन त्यसवापत कुनै खतरा छैन । कुनै नियम कानुन उल्लंघन हुने वा पक्राउ पर्ने डर छैन ।
त्यसो भए किन नपहिरिने ? अलिकति सुन बोकेर किन नलगिदिने ? तपाइँ यो निचोडमा पुग्नुहुनेछ । अर्को पुग्नेछ । त्यसो गर्दा गर्दै यताबाट नेपाल जाने अधिकांश यात्रु ‘सुन भरिया’ बन्छन् ।
व्यक्ति फकाएर सुन लगी ठूलो मात्रामा राजश्व छल्ने र दुई नम्बरी बजारमा पुर्याउने धन्दा खुब फस्टाएको छ । यसलाई सहज बनाएको हो नेपाल सरकारको फितलो नियमले


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.