-->
देशलाई घाँडो भएका गृहमन्त्री बस्नेत र आपूर्तिमन्त्री पुन एमाओवादी पार्टीलाई पनि घाँडो भएका रहेछन्

काठमाण्डु, २६ वैशाख– केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन निर्णय फिर्ता लिएर एमालेसँग नौबुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको छ ।
एमाओवादीका तर्फबाट सरकारमा सहभागी ८ मन्त्रीहरुको कार्यशैलीप्रति केन्द्रीय समिति र स्थायी समिति बैठकमा समेत चर्को आलोचना हुँदै आएको छ । विशेष गरी गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनको कार्यशैलप्रति पार्टीभित्र आलोचना हुने गरको छ । मन्त्री छनोट प्रक्रिया समानुपातिक र समावेशी नभएको भन्दै सांसदहरुले हस्ताक्षर गरेर नेतृत्वलाई दबाब दिनेसमेतको तयारी थालेका छन् । नेपाल समाचारपत्रबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.