-->
बुद्ध जन्मस्थल लुम्बिनीमा

एजेन्सी– भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि चीन र भारतले लगानी गर्ने प्रचार–प्रचार धेरै भएपनि सो पवित्र भूमिमा ती देशले नगन्य रुपमा लगानी गरिएको देखिएको छ ।
छिमेकी मुलुकहरु चीन र भारतसँग आवाश्यक समन्वय गर्न नसक्दा उनीहरुको लगानी नगन्य रुपमा देखिएको सरोकारवलाहरुले बताउने गरेका छन् । विशेषगरी भगवान बुद्धको जन्मस्थलको विकास र प्रचार–प्रसार गर्ने जिम्मेवारी बोकेको लुम्बिनी विकास कोष र सरकारबीच समन्वय हुन नसक्दा यस्तो स्थिति आइलागेको हो ।
कोषका अनुसार हालसम्म भारतले एउटा संग्रालय र चीनले एउटा बौद्ध गुम्बाबाहेक अहिलेसम्म खासै केही लगानी गरिएको देखिएको छैन । भारत सरकारले अहिलेको बजार मुल्य अनुसार २० करोड लगानी गरेको छ भने चीनले झन् त्योभन्दा थोरै लगानी गरेको छ ।
कोषका सदस्य सचिव अजितमान तामाङका अनुसार लुम्बिनी संग्राहलय र एउटा ट्याक्टर भारतले दिएको छ भने चीनले भने आफ्नै विहार निर्माण गरेको छ । लुम्बिनीको विकासमा भारत र चीनको नाममा पटक–पटक प्रचार भएपनि सरकारी उदासिनताले गर्दा लगानी जुटाउन नसकिएको रिपोर्टहरु बाहिर आइरहेका छन् ।
कोषका पूर्व सदस्य सचिव रामलाल श्रेष्ठका अनुसार चीन र भारतले सरकारी तहबाट नै प्रस्तावको चाहना राख्छन् तर सरकारले त्यस्तो आधाकारिक प्रस्ताव हालेकै छैन ।
लुम्बिनी क्षेत्रसँगै जोडेर पछिल्ला वर्ष दुबै छिमेकीहरुले रेलमार्ग सम्म ल्याउने प्रस्ताव राखेको समाचार बाहिर आइरहेका छन् । भारतले यसअघिनै कुशीनगरबाट लुम्बिनी जोड्ने रेलमार्गको प्रस्ताव राखेपनि त्यो काम अहिलेसम्म अघि बढ्न सकेको छैन । उता, चीनले यसैवर्षदेखि तिब्बत–काठमाण्डु–लुम्बिनी रेलमार्गका लागि सम्भाव्यता अध्ययन थाल्ने भन्दै बीबीसीले समाचार लेखेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.