काठमाडौं, १५ जेठ । भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।
पुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनर्निर्माण आयोजना भूकम्पले सारै कमजोर बनाएको यो भवन नभत्काइ बनाउन नसकिने अडानमा रहेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
पुनर्निर्माणका क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् ।
पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरे सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काइ बलियो बनाउन सकिने राय आफूबाट प्रस्तुत भएको तर आयोजनाले पूरै भवन नभत्काइ नहुने राय राखेको बताउछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...