काठमाडौं, १५ जेठ । गत चैत ७ मा काठमाडौंको ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् ।
घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरीसहित श्रीमती वेपत्ता भएको सुनाए ।
प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन ।
तर, जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे ।
पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिइन ।
हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएको बताइन् ।
छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिइन । उनी झन चकित भए ।
जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...