-->
दक्षिण एसियामा नेपालले पनि देखाउने भो आफ्नो हैसियत, ओली सरकारले गर्यो निर्णय

काठमाडौं, ७ जेठ । आजसम्म दातृ निकायबाट सहयोग तथा अनुदान लिँदै आएको नेपालले दक्षिण एसियामा एकपटक आफ्नो हैसियत देखाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपालले पनि परेको बेला मित्र राष्ट्रलाई सहयोग गर्न सक्छ भन्ने हैसियत दैखाउँदै दक्षिण एसियाली मुलुक श्रीलंकालाई लाखौं रकम सहयोग गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री शेरधन राईले आजको मन्त्रिपरिषद बैठकले श्रीलंकालाई प्राकृतिक विपतका बेला १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको जानकारी दिउ ।
श्रीलंकामा हालसालै आँधि, बाढी र पहिरोले धनजनको क्षति पुर्याएको थियो । यसअघि पनि नेपालले दक्षिण एसियामा आफ्नो हैसियत देखाउँदै अफगानिस्तानलाई झण्डै एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
हालसम्मको तथ्यांक हेर्ने हो भने नेपालले छिमेकी देश भारत, चीन लगायत अन्य मित्र राष्ट्रबाट सहयोग तथा अनुदान लिँदै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.