-->
विप्लवलाई झट्का, तिलक परियारले दिए राजीनामा

काठमाडौं– विप्लव नेतृत्वको नेकपा माओवादीका वरिष्ठ नेता तिलक परियारले राजीनामा दिएका छन् । उनी विप्लव माओवादीद्धारा गठित संघीय देशभक्त राष्ट्रिय मोर्चा हुन् ।उनी पोलिटव्यूरो सदस्य हुन् ।
स्रोतका अनुसार माओवादीहरुवीचको एकता प्रक्रियामा सहभागी हुन उनले विप्लवसँग डिभोर्स गरेका हुन् । यस अघि विप्लव माओवादीका तर्फबाट बसन्त घत्र्तीले एकता प्रक्रियामा आफुलाई समाहित गराईसकेका थिए ।
उनी पाँच सदस्यीय पार्टी एकता संयोजन समितिका सदस्य पनि हुन् ।उनले केही बेरमा विज्ञप्ती जारी गर्न थालेको स्रोतले बतायो ।
खड्कबहादुर विश्वकर्मा र परियारवीच मतभेद थियो । उनले केही समय अगाडि प्रचण्डसँग पनि भेट गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.