काठमाडौं, ५ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आबद्ध २९ दलीय संघीय गठबन्धनले जेठ १७ गतेसम्मका लागि विकेन्द्रित आन्दोलन तयार पारेको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको संघीय गठबन्धनको बैठकले भोलि जेठ ६ गतेदेखि नै सुरू हुने गरी जेठ १७ गतेसम्मका लागि विभिन्न कार्यक्रम तयारी पारेको हो ।
नयाँ कार्यक्रम अन्तर्गत विरोधसभा, -याली, कोणसभा, प्रदर्शन, अन्तरक्रिया, प्रचारात्मक कार्यक्रम, पम्प्लेटिङलगायतका रहेका छन् ।
कार्यक्रम राजधानीका साथै जिल्लामा पनि हुने छन् ।
दुई दिन सिंहदरबार र एक दिन प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना तथा घेराउ गरेको संघीय गठबन्धनले आफ्ना कार्यक्रमलाई आज दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा कोणसभा गरेर सार्वजनिक गरिनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...