-->
राजदुत फिर्ता बोलाएपछि दिल्लीस्थित नेपाली दुतावासमा भारतीय सेनाको घेरावन्दी !!

काठमाडौं । भारतको दिल्लीस्थित बारखम्बामा रहेको नेपाली दुतावासमा भारतीय विशेष सुरक्षा बलका जवानहरु खटाइएको छ ।
नेपाली दुतावासमा भारत सरकारले भारतीय रिजर्भ बटालियनका जवानहरुलाई पठाएको हो । कुटनीतिक निकायहरुको सुरक्षाकालागि भारत सरकारले गठन गरेको इन्डियन रिजर्भ बटालियनका दश जना जवान नेपाली दुतावासको सुरक्षर्थ सटिएका हुन् ।
नेपाली दुतावासको अनुरोधमा पारस्परिक–सुविधा अन्तरगत भारतीय गृह मन्त्रालयले तत्कालका लागि १० सशस्त्र प्रहरी खटाएको हो । आवश्यक परे थप वल पठाउने गृहमन्त्रालयले जनाएको छ ।
भारतले अन्य देशका कुटनीतिक नियोगहरुमा पनि यही गणलाई खटाउने गरेको छ । सिक्किम प्रहरीअन्तर्गतको नेपालीभाषी प्रहरी टोलीलाई नेपाली दुतावासमा खटाइएको जनाइएको छ ।
उक्त टोलीले नेपाली दुतावास कार्यालय र आवासीय क्षेत्रको सुरक्षा निगरानी गर्नेछ ।
भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता पठाउने निर्णय भएपछि यो बटालियन खटिएको हो । उनीहरुले दुतावास वरपरको सुरक्षा निगरानी गर्नेछन् ।
nepalsandesh


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.