-->
राष्ट्रपति भण्डारीको भारत भ्रमण किन भयो स्थगित ?

अर्को सातादेखि हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ । मन्त्रिपरिषदले भ्रमण अनुमोदन नगर्दा राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण स्थगित भएको हो ।
राष्ट्रपतिको भारत भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । भण्डारी २७ बैशाखदेखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरिरहेका थिए । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिको भ्रमण नहुने निश्चित भएको जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो । त्यस्तै उहाँ मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.