-->
ग्यासखानी अध्ययनका लागि निस्किए चिनियाँ विज्ञसहित उद्योगमन्त्री

काठमाडौं– ग्यासखानीको स्थलगत अध्ययनका लागि चिनियाँ विज्ञ टोलीसहित उद्योगमन्त्री सोमप्रसाद पाण्डे शुक्रबार दैलेख प्रस्थान गरेका छन्।
नेपाल सरकार र चिनियाँ सरकारबिच भएको सम्झौताअनुसार काम सुरु गर्न चिनियाँ टोली नेपाल आएको र सो कार्यको सुरुवात दैलेखबाट गर्न लागेको मन्त्री पाण्डेले बताएका छन्।
चीन सरकारसँग भएको सम्झौताअनुसार नेपालमा रहेको खानीहरुमा रहेको भण्डारण क्षमता पत्ता लगाउने र सम्भव भएमा उत्खनन्मा समेत सहयोग गर्ने कार्ययोजनाका साथ चीन सरकारको प्रतिनीधि मण्डल सम्झौता भएको एक महिनामै नेपाल आएको हो।
टोलीमा चीन सरकारको तर्फबाट बरिष्ठ जीयोलोजिष्ट ज्याङ्ग दाक्युनलगायत ६ जना वैज्ञानिकहरुको सहभागीता छ। विज्ञ टोलीले जिपियस जियोलोजिष्ट सिस्टमबाट अध्ययन गरी भण्डारण पत्ता लगाउने खानी विभागका पेट्रोलियम अन्वेषण शाखा प्रमुख सहसचिव सुधिर रजौरियाले जानकारी दिए।
टोलीले दैलेखलगायत चुरे पहाड रेन्जका पाल्पा, धरानको चतरालगायतका स्थानमा २५ दिनसम्म अध्ययन गर्नेछ। टोलीले अध्ययनपछि पत्ता लाग्ने परिमाणका आधारमा उत्खनन् गर्ने वा नगर्ने निर्णय गर्ने खानी विभागले जानकारी दिएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.