
काठमाडौं, २२ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार बन्नु र विघटन हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।
आजको संसद बैठकमा बोल्दै खनालले अहिले देशलाई राष्ट्रिय सहमतिको आवश्यकता भएको बताए । ‘सरकार बन्नु र विघटन हुनु सामान्य प्रक्रिया हो । देश चाहिँ स्थिरतातर्फ बढ्नुपर्छ । यो नै संविधानको लक्ष्य हो’ उनले भने ।
उनको यस्तो भनाई राख्नु ठिक अगाडि सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।
खनालको यो भनाईले अनुसार केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नु खासै ठूलो कुरा होइन् भन्ने अर्थ बुझाउँछ । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढल्दा पनि वरिष्ठ नेता खनालले सामान्य रुपमा लिएको यो भनाईले प्रष्ट पार्छ ।
सरकार ढल्ने एमाओवादीको निर्णयपछि अध्यक्ष ओली तनावमा रहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने सरकार परिवर्तन हुनुलाई सामान्य रुपमा विश्लेषण गर्दा उनी पनि ओली सरकारप्रति सन्तुष्ट नरहेको बुझाउँछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...