-->
यसकारण विग्रियो केपी ओली र प्रचण्डको सम्बन्ध (प्रमाणसहित) नयाँ सरकार निर्माणमा सहयोग गर्न आह्वान

काठमाडौं, २२ वैशाख । सत्तासझेदार दल एकीकृत नेकपा माओवादी एमाले नेतृत्वको वर्तमान सरकार छाड्ने निर्णयमा पुगेको छ ।
उसले प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलसँग मिलेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय पनि गरेको छ ।
अचानक एमाओवादीको सरकार छाड्ने निर्णयलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् भने केहीले ‘भारतको ग्राण्ड डिजाइन’ पनि भनेका छन् ।
तर, यथार्थ अर्कै छ । एमाओवादी वृतबाट सार्वजनिक एक पत्रलाई हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादीलाई रेस्पोन्स नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।
प्रचण्डको बोलियो साथ र समर्थनमा भारतीय नाकाबन्दीको डटेर सामना र भूकम्प पुनर्निर्माणको कामको सुरुआत गरेका ओलीले पछिल्लो समय रेस्पोन्स नगरेका कारण एमाओवादी सरकार छाड्ने र प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगेको हो ।
एमाओवादीका एक जना प्रभावशाली नेता भन्छन्- ‘सरकारलाई गतिशील बनाउँ, जनताको पक्षमा रफ्तारमा काम गरौं भन्ने विषयमा सल्लाह गर्न पत्र पठायौं तर, प्रधानमन्त्री ओलीले एक महिनासम्म रेस्पोन्स गरेनन् । त्यसपछि हामीलाई यो ढिलासुस्ती सैह्य भएन् । कठोरताका साथ प्रस्तुत हुँदै सरकार छाड्ने निर्णयमा पुग्यौ ।’
गत चैत २५ गते एमाओवादी अध्यक्ष प्रचण्डले वार्ताका लागि अनुरोध गर्दै ‘कमरेड अध्यक्ष’ भनेर सम्बोधन गरी प्रधानमन्त्री ओलीलाई पत्र पठाएका थिए । उक्त पत्रमा सरकार सञ्चालन एवं समग्र समसामयिक राजनीतिक परिवर्तनबारे दुई पार्टीबीच छलफल आवश्यक भएको भन्दै बैठक बोलाउन आग्रह गरिएको थियो ।
‘हामी दुई पार्टीबीचको सम्बन्ध, सरकार सञ्चालन एवं सरकारको कामकारवाही, संविधानको कार्यान्वयन, पुनर्निर्माण, शान्ति प्रक्रिया र राष्ट्रको समग्र परिवर्तनको बारेमा तत्काल दुई पार्टीको उच्च नेतृत्व तहमा औपचारिक रुपमा छलफल गर्न जरुरी भएको महसुस गरेकाले यथाशिघ्र सो को लागि अनुरोध र सकारात्मक खबरको अपेक्षा गर्दछु ।’ प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा निर्णय गराएर ओलीलाई यस्तो लेखेर पत्र पठाएका थिए ।
तर, प्रम ओलीले झण्डै एक महिना वित्दा पनि बैठक नबोलाएर प्रचण्डले पठाएको पत्रको वेवास्ता गरेपछि एमाओवादी ‘फायर’ भएको नेताहरु बताउँछन् । पछिल्लो समय सरकार परिवर्तनका लागि एमाओवादीले कदम चालेको चर्चा भएपछि ओलीले मंगलबार (हिजो) राति बालुवाटारमा दुई दलको बैठक बोलाएको उनीहरुको दाबी छ । तर, हिजो बैठकमा स्पष्ट कुरा हुन नसकेको उनीहरुको भनाई छ ।
एमाओवादी नेताहरुका अनुसार सरकार छाड्ने अर्काे कारण भनेको नेपाली कांग्रेस हो । कांग्रेसले प्रचण्डको नेतृत्व स्वीकार गरेपछि एमाओवादी सरकार छाडेर नयाँ सरकार बनाउने निर्णयमा पुगेको हो । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भर्खरै अन्तर्वार्तामा कांग्रेसले प्रचण्डको नेतृत्व स्वीकारेकाले आफूहरु नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको बताएका छन् ।
नयाँ सरकार निर्माणमा सहयोग गर्न कांग्रेस र एमाले सबै दललाई आग्रह
यसैबीच सरकार छाड्ने र प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको एमाओवादीले एमाले र कांग्रेससहित का दललाई आफ्नो नतृत्वमा निर्माण हुने सरकारमा सहभागी हुन आग्रह गरेको छ ।
‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो’, विज्ञप्तिमा भनिएको छ ।
‘हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ’, अध्यक्ष दाहालले भनेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.