-->
यात्रु कुटपिट गर्ने माइक्रोबसका चालक पक्राउ

ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित सडकमा कुमारीपाटी रिपब्लिक एडभान्स कलेजमा बिबिए दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थी कृष्ण चौधरीलाई कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। बा.२ ख ८२९ नम्बरको माइक्रोबसका चालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको डिएसपी इश्वर कार्कीले जानकारी दिए।
भाडाको बिषयलाई लिएर भएको बिवादमा चौधरीलाई माइक्रोबसका चालकले कुटपिट गर्दा सामान्य घाइते भएकोले उपचारको लागि सुमेरु अस्पताल पुल्चोक पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.