-->
आन्दोलनकारी रोक्न बालुवाटारमा अर्कै निर्णय, संघीय गठबन्धन चकित

काठमाडौं, ४ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मिटरसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मिटर र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे/गराएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
दुई दिन सिंहदरबार घेराउ गरेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागेको संघीय गठबन्धनको आन्दोलनलाई निस्तेज पार्न सरकारले यस्तो नयाँ रणनीति ल्याएको हो ।
सरकारी निर्णयसँगै अब संघीय गठबन्धन प्रधानमन्त्री केपी ओलीको निवास नजिक पुग्न पनि सक्ने छैनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.