-->
फेरि फस्ने भए प्रचण्ड, एक वर्ष जेल हाल्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा

काठमाडौं, ३ जेठ । न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले सोमबार अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई दायर गरेएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ ।
निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न कारबाहीको माग गरिएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘अदालतले दिउँंसै रात पार्न खोजेको,’ ‘आफूहरुले अदालतका आदेश नमान्ने,’ तथा ‘के हो अदालत ? ’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालिन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने अभिव्यक्ति प्रचण्डले दिएको निवेदनमा दाबी गरिएको छ ।
निवेदनमा प्रचण्डलाई अदालतमा लिखित जवाफसहित उपस्थित गराएर बयान लिनसमेत माग गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.