२७ वैशाख
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीको बैठकमा बोल्ने क्रममा प्रचण्डको चर्को आलोचना गरेका छन्।सो बैठकमा कांग्रेसका नेताहरुले देउवाको चर्को आलोचना गरेपछि प्रचण्डलाई महाफटाहा भन्दै चर्को आलोचना गरेका हुन् ।
मलाई प्रचण्डले नराम्रोसँग फसाए भन्दै देउवाले प्रचण्डजस्तो महाफटाहा मान्छे मैले आजसम्म भेटेको छैन भनेर आफ्नो गल्तिको पश्चाताप गरे।
बैठकमा पदाधिकारीले भने प्रचण्ड जे जस्तो भए पनि आफ्नै कारणले धोका पाएको भन्दै देउवालाई सच्चिएर अघि बढ्न सुझाएका थिए । एकपक्षीय ढंगले अघि बढ्दा धोका पाएको भन्दै उनीहरुले सामुहिक रुपमा छलफल गरी अघि बढ्न सुझाएका हुन् ।
बैठकमा सहभागी नेताहरुको चर्को आलोचना खेपेका देउवाले जवाफमा आउँदा दिनमा साथीभाईलाई सोधेर मात्रै अघि बढ्ने बताएका थिए ।
- Dainik Headlines


0 comments
प्रतिक्रिया दिनुहोस्...