-->
स्तन आकर्षक बनाउने केही रोचक वैज्ञानिक तथ्य

एजेन्सी । पुरुष र महिला विपरित लिङगबीच आर्कषण हुनु कुनै अनौठो कुरा होइन । यसलाई प्राकृतिक गुणका रुपमा लिइन्छ ।
महिलाहरु पुरुषको विभिन्न सारीरिक पक्षबाट आकर्षित भएजस्तै पुरुषहरुपनि महिलाको वक्षस्थलबाट आकर्षित हुन्छन् । यसलाई अस्वभाविक मान्न सकिन्न ।
विभिन्न अनुसन्धानहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गरेको बताइएको छ । यस अर्थमा वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो भनिन्छ । यस विषयमा विभिन्न अध्ययनले महिलाको वक्षस्थलसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेका छन् ।
लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस
लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ ।
पुराना ब्रा प्रयोग नगर्ने
बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । विज्ञहरुको अनुसार धोल्लिएको ब्रा लगाउँदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ ।
रौ नफाल्नुहोस
कसैको निप्पलमा रौँ पलाएको हुन्छ । जसका कारण महिलाले स्तनको रौँ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न विज्ञहरु बताउछन् ।
साइज नल्मिने ब्रा प्रयोग नगर्ने
आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि प्रयाृ्ेग नगर्ने । निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई अशर गर्छ । ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन अशर गर्छ ।
स्तन वरपर नछेड्नुहोस
कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ ।
निप्पल नतान्नहुोस

गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न खोज्छन्। विज्ञहरुको अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ ।
ब्रा लगाएर नसुत्नुहोस
ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, निप्पल सुन्निने समेत खतरा हुनसक्छ ।
स्तनमा गिर्खा वा डल्लो छ छैन ख्याल गर्नुहोस
स्तनमा मासु पलाएमा चासो लिनु राम्रो यदि स्तनमा सानो डल्ला वा गाँठो देखा प¥यो भने स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ । स्तनबाट रगत बगेको भने तत्काल चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । आफ्नो स्तनको आकारदेखि दिक्क लाग्छ । स्तन प्रत्यारोपण गर्ने सोच भयो भने विज्ञसँग राम्रो जानकारी लिनु राम्रो हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.