काठमाण्डु, ७ जेठ– भूकम्पपीडितको सहयोगका लागि भन्दै भारतीय चर्चित नायिका सोनाक्षी सिन्हा, मलाइका अरोरा, नेपाली नायिका रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, सुष्मा कार्की लगायतका नायिकालाई नचाएर सैनिक श्रीमती संघले जनतालाई उल्लु बनाएको छ ।
आर्मी चिफकी श्रीमती अध्यक्ष र जर्नेल, कर्नेलका श्रीमती सदस्य रहेको सैनिक श्रीमती संघले शनिबार टुडिखेलमा आयोजना गरेको कार्यक्रम भूकम्पपीडितको सहयोगका लागि भन्दै प्रचार गरिएको थियो । तर, कार्यक्रम सकिएपछि उसले निकालेको विज्ञप्तिले सबै दंग मात्र परेनन् कार्यक्रममा सहभागी नायिकाहरुले समेत दुःखेको पोखेका छन् ।
विदेशी कलाकारलाई आर्मीका उच्च अधिकारी ड्रेसमै स्वागतका लागि विमानस्थल पुगेको विषयले विवादमा आएको आर्मी पछिल्लो विज्ञप्तिले झनै विवादमा तानिएको छ ।
के भनिएको थियो पहिले
टुडिखेलमा हुने भनिएको सो कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलनमा ड्रेसमै रहेका एक आर्मीका अधिकारीले कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितका लागि दिइने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो मेन फोकस भनेको भूकम्पपीडितको सहयोगका लागि हो । यदी त्यसबाट केही रकम बच्यो भने हामी त्यसलाई धरहरा पुनःनिर्माणका लागि खर्च गछौँ ।’
त्यतिमात्र नभएर सामाजिक संजालहरुमा पनि भूकम्पपीडितको सहयोगका लागि कार्यक्रमको आयोजना गरिएको भन्दै प्रचार गरिएको थियो । कतिपय दर्शकहरु भूकम्पपीडितलाई सहयोग पनि हुने र मनोरञ्जन पनि हुने भन्दै सो सांस्कृतिक कार्यक्रममा पुगेको समेत प्ष्ट छ ।
के भनियो पछि
यसरी सैनिक श्रीमती संघले करोडौँ खर्च गरेर गरेको कार्यक्रमबाट उठेको पैसा भूकम्पपीडितका लागि खर्च गर्ने भनिएका कारण उत्हासित मानिसहरु तब एकाएक अचम्ममा परे जब कार्यक्रम सकिएपछि संघले निकालेको विज्ञप्तीमा भूकम्पपीडित भन्ने शब्द कही कतै सुनिएन ।
विज्ञप्तिमा भनियो, ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देश्य रहेको छ।’
जसबाट प्रष्ट अनुमान लगाउन सकिन्छ कि सो रकम भूकम्पपीडितका लागि होइन । यसरी भूकम्पपीडितका लागि भनेर झुक्याएर कार्यक्रम गरियो र त्यसबाट मुनाफा आएको पैंसा अन्तै खर्च गर्नगरी विज्ञप्ति निकालियो ।
नायिकाहरुको विरोध
श्रीमती संघले त्यस्तो खालको विज्ञप्ति निकालेपछि कार्यक्रममा सहभागी भएका नेपाली नायिकाहरु रुष्ट बने । उनीहरुले आफूहरु भूकम्पपीडितको सहयोगका लागि कार्यक्रम गर्न लागिएको भनेर उत्साहित भएको तर पछि धोका भएको निस्कर्ष निकाले । सामाजिक संजाल तथा केही मिडियाहरुमा समेत उनीहरुले रुष्टता प्रकट गरे ।
आखिर किन गरियो यस्तो
आर्मी स्रोतका अनुसार सुरुमा कार्यक्रम भूकम्पपीडितको सहयोगका लागि नै भनेर गरिएको थियो । तर, यसरी श्रीमती संघले सिधै भूकम्पपीडितलाई सहयोग गर्न पाउदैन र सहयोग गर्न चाहेको रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा हुन जान्छ ।
नेपालमा एनजिओले मनपरी सहयोग गर्न थालेपछि सुशील कोइराला प्रधानमन्त्री हुदा नै यस्तो नियम बनाइएको थियो ।
सैनिक श्रीमती संघ एनजिओ भएका कारण उनीहरुलाई पनि सोही नियम लाग्न सक्छ । जसका कारण सिधै भूकम्पपीडितलाई सहयोग गर्न नपाउने देखेपछि उनीहरु हच्किएका हुन् ।
त्यसो त दैवीक प्रकोप कोषमा जम्मा हुने रकम पनि भूकम्पपीडितको सहयोगकै लागि खर्च हुने हो । तर, उनीहरुले आफ्नै हातले बाड्न नपाउने भएपछि यसो गरेका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...