काठमाडौं, ६ जेठ । विभाजित माओवादीहरुबीच आज एकता हुँदैछ । त्यसका लागि पार्टीको नयाँ नाम तय गरिएको छ ।
माओवादी एकता घोषणा पूर्व विहीबार विहान बसेको एकता संयोजन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन गरी एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार एमाओवादीलाई परिवर्तन गर्दै पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्न प्रचण्ड पनि सहमत भएका छन् ।
यसअघि नेकपा माओवादी राख्ने या नेकपा माओवादी केन्द्र भन्ने विषयमा कुरा मिल्न सकेको थिएन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...