सर्लाही, ८ जेठ । सर्लाहीमा एक पुरुषले महिलामाथि यौन दुर्व्यवहारको प्रयास गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बेलवा गाबिस–५ बस्ने ३० वर्षीया महिलालाई दुव्र्यवहार गरेको अभियोगमा गडहिया गाबिस–२ बस्ने ना.४ त ९५४२ नम्बरको ट्याक्टरका चालक रामबाबु यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा सुतिरहेकी ती महिलालाई घरमै गएर यादवले हात समाउन खोज्दा महिलाले हल्ला गरेपछि स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेकोले यादवलाई ट्याक्टरसहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...