-->
काठमाडौं र मोरङमा एकसाथ नागरिक आन्दोलन सुरु हुँदै, यस्तो छ माग

काठमाडौं, ८ जेठ । पूर्वाञ्चल विश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरबाट मोरङ गोठ्गाउँ स्थानान्तरणका लागि आज मोरङ गोठ्गाउँ पूर्वाञ्चल विश्वाबिद्यालय परिसरमा अगुवा नागरिक समाजको भेला आयोजना गरिएको छ ।
बिभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि र पूर्वाञ्चल विश्वाबिद्यालय हित तथा सरोकार समाज पदाधिकारीबीच विश्वबिद्यालय स्थानान्तरणका निम्ति काठमाडौं र मोरङमा वृहत नागरिक आन्दोलन सुरु गर्ने समझदारी भएको छ ।
भेलालाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वबिद्यालय हित तथा सरोकार समाजका अध्यक्ष सन्जिब रोकाहाले विश्वबिद्यालय स्थानान्तरणमा विश्वबिद्यालय पदाधिकारी बाधक भए नागरिक समाजले कुर्सीबाट थुतेर निकाली दिने चेतावनी दिए । ‘हाम्रो आगन अगाडि हाम्रो अर्बाैको भौतिक संरचनासहितको सार्वजनिक सम्पत्ति प्रायोजन बिहिन भै रहेको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं,’ उनले भने ।
बिराटनगरका केही निजी मेडिकल कलेजका संचालकहरु गोठ्गाउँमा मेडिकल कलेज चल्न नदिन लागि परेको र उनीहरुको यो कदमले पूर्वाञ्चल बासीको बिकासको चाहना रोक्न नसक्ने उनको भनाई थियो ।
संसदमा ऐन संशोधन गर्न औपचारिक प्रस्ताव दर्ता गराएको सरोकार समाज अहिले स्थानीय ठाउँमा वृहत छलफल गरी विश्वबिद्यालय केन्द्रिय कार्यालय स्थानान्तरण गरी गोठ्गाउँमा स्थापित गर्ने अभियानमा लागिपरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.