-->
गणतन्त्र दिवसको कार्यक्रममा पूर्वउपराष्ट्रपतिको यसरी भयो अपमान

काठमाडौं, १५ जेठ । पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूलाई अमान गरेको आरोप लगाउँदै गणतन्त्र दिवस– २०७३ का अवसरमा टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा नबसी फिर्ता हुनुभएको छ ।
तोकिएको समयमा टुँडिखेलस्थित नेपाली सेनाको सैनिक मञ्च पुग्नु भएका पूर्वउपराष्ट्रपति झालाई बस्ने स्थान नदिएपछि उहाँ कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो । कालो टोपी, दौरा र सुरुवालमा सजिएर आउनुभएका झालाई बस्ने स्थान नै नदिएको आरोप उहाँले लगाउनुभएको छ ।
आफू बस्ने स्थान नदेखेपछि पूर्वउपराष्ट्रपति झा बाहिरिन खोज्दा कर्मचारीहरू आएर पुनः लैजान खोजेका थिए । तर, आफ्नो अपमान भएको ठहर गर्नुभएका पूर्वउपराष्ट्रपति झा कार्यक्रममा नबसी गडी चढेर फिर्ता हुनुभएको स्रोतले जनाएको छ ।
कार्यक्रमको उचित व्यवस्थापन नहुँदा पूर्वउपराष्ट्रपति जस्तो व्यक्तिले गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमबाट फिर्ता हुनु परेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.